सेवा प्रकार:
लाग्ने समय:
सोही दिन, सर्जमिनको हकमा बढिमा ३ दिन ।
जिम्मेवार अधिकारी:
सम्बन्धित वडाको वडाध्यक्ष, वडा सचिव तथा सहायक कर्मचारी ।
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
तेस्रो नगरसभाले तोकेको दररेट
आवश्यक कागजातहरु:
१. घरजग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन ।
२. निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
३. जग्गाधनी प्रमाण-पूर्जाको प्रतिलिपि ।
४. जग्गाधनी र निवेदक बीचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि ।
५. सर्जमिन मुचुलका गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
६. चालु आ.ब. सम्मको सम्पत्ती कर तिरेको रसिद ।
प्रक्रिया:
१. निवेदन सहित तोकीएको कागजात पेश गर्ने ।
२. वडा अध्यक्षले सम्बन्धित कर्मभारीलाइ तोक आदेश गर्ने ।
३. निवेदन दर्ता गर्ने ।
४. तोकीएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस गर्ने ।
५. निवेदकले तोकिएको शुल्क बुझाउने ।
६. चलानी गरी निवेदकलाइ सिफारीस उपलब्ध गराउने ।
७.कानुनी जटिलता भएको देखिएमा कानुनी राय लिने ।